बिल गेट्स र मेलिन्डा गेट्सको सम्बन्धविच्छेद
विश्वकै धनाढ्य बिल गेट्सले आफ्नो श्रीमती मेलिन्डासँग सम्बन्धविच्छेद गरेको जनाएको छ। विवाहको २७ औं वर्षमा सल्लाह गरेरै सम्बन्ध विच्छेद भएक गेट्सले ट्वीटरमार्फत जनाएका छन्।सम्बन्ध विच्छेद भए पनि बिल एन्ड मेलिन्ड गेट्स फाउन्डेसनमा भने मिलेर काम गर्ने उनले बताएका छन्। यो सहयोगी संस्था सन् २००० मा स्थापना भएको थियो।
मेलिन्डाले वासिङ्टनस्थि किङ काउन्टीमा सोमवार सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन्। सम्बन्धविच्छेदमा मेलिन्डाले के कति दाबी गर्ने भन्ने विषयमा खुलेको छैन।