राष्ट्रपतिलाई भेट्न शीतलनिवास किन पुगे प्रधानमन्त्री, राजनीतिमा के भइरहेको छ
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शीतल निवास पुगेका छन्।
स्थायी कमिटीको बालुवाटारमा बसेको आकस्मिक बैठकपछि ओली शीतल निवास पुगेको ओली निकट स्रोतले जनाएको छ।
बैठक सकिए लगतै उहाँ शीतल निवास जानुभएको छ स्रोतले भन्यो।
ओलीले लम्बिनी प्रदेशमा विकसित भएको राजनीति घटनाक्रमबारे छलफल गर्न शीतल निवास गएको स्रोतले बतायो। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखेरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
आज प्रस्ताव टेबल हुने बताइएपनि बिहानै पोखरेलले पदबाट राजीनामा दिएका थिए। त्यसपछि लुम्बिनीमा शंकर सरकार संकटमा परेको छ। लुम्बिनीमा नयाँ सरकार गठन गर्न अहिले अंकगणित सुरु भइसकेको छ।र केही नयां घटना विकसित भइसकेका छन्
राष्ट्रपति भण्डारीलाई भेट्न जानु अघि ओलीले बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका थिए।