आफ्ना नागरिकहरुलाई सकेसम्म छिटो भारत छाड्न अमेरिकाको निर्देशन
गएको साता अमेरिकाले आफ्ना नागरिकहरुलाई सकेसम्म छिटो भारत छाड्न निर्देशन दिएका थिए। भारतमा कोभिड १९ अनियन्त्रित हुँदै गएपछि आफ्ना नागरिकलाई जोगाउन अमेरिकाले यस्तो सुझाव दिएको थियो। भारतमा संक्रमणको अवस्था यति विकराल भएको छ कि अमेरिकाले अमेरिकीबाहेक भारतबाट आउने विमानका यात्रुलाई प्रवेशमा रोक लागाउने भएको छ।
युएसए टुडेका अनुसार राष्ट्रपति ट्रम्प प्रशासनले मंगलवारदेखि लागू हुने गरी अमेरिका प्रवेशमा रोक लगाउने भएको हो।
भारतमा मल्टिपल भेरियन्टका संक्रमण तथा उच्च संख्यामा संक्रमित भेटिएकाले यस्तो नीति लिनु परेको हो, ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले भनिन्। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको सुझाव अनुसार अमेरिकाले यस्तो निषेधाज्ञाको निर्णय गरेको हो।
यस्तो निषेधाज्ञा अमेरिकी बाहेक कुनै पनि मुलुकका नागरिकका हकमा लागू हुन्छ जो भारत हुँदै अमेरिकाको यात्रा गर्छन्। त्यसका अलावा अमेरिकामा कानुनत बसोबास गर्दै आएका व्यक्ति, उनीहरुका परिवार, विदेशी सेवामा कार्यरत कर्मचारी तथा जनस्वास्थ्य, राष्ट्रिय सुरक्षासँग जोडिएका लाई पनि अवरोध छैन।
यद्यपि, अमेरिकामा प्रवेश गर्न पाउनेहरुका हकमा पनि कोभिड १९ को रिपोर्ट नेगेटिभ हुनुपर्ने अनिवार्य प्रावधान राखिएको छ। अथवा कोभिड १९ संक्रमण मुक्त भएको कम्तिमा ३ दिन पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ।