चालू आर्थिक वर्षमा ३.९८ प्रतिशत आर्थिक वृद्धि प्रक्षेपण : तथ्यांक विभाग


काठमाडौं । केन्द्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षमा ३.९८ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुने अनुमान गरेको छ । विभागले चालु आर्थिक वर्ष २०७७/७८ मा ३.९८ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो ।

गत आर्थिक वर्ष २०७६/७७ मा पनि सरकारले जेठदेखि आर्थिक क्रियाकलाप पूर्ववत सामान्य अवस्थामा आउने अनुमानका आधारमा विभागले आर्थिक वृद्धिदर २.२७ प्रतिशत कायम हुने अनुमान गरेकोमा बन्दाबन्दी लम्बिएपछि उक्त गत आर्थिक वर्षमा अर्थतन्त्र २।१ प्रतिशतले संकुचन भएको विभागको संशोधित अनुमान छ ।

विभागका अनुसार कोरोना भाइरसको महामारीको दोस्रो लहरले आन्तरिक तथा बाह्य प्रभाव कति लामो समय रहन्छ भन्ने अनुमान गर्न कठिन भएकाले दुई सातापछि आर्थिक गतिविधि सामान्य अवस्थामा आउने विश्वासका आधारमा उक्त आर्थिक वृद्धिदर गरिएको प्रक्षेपण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *