निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति


कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको खरिद तथा बिक्री वितरणमा कुनै समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
माग अनुसारको सप्लाईमा कुनै समस्या नभएको उनको भनाइ छ । निषेधाज्ञापछि पेट्रोलियम पदार्थको माग घटेको छ ।

प्रवक्ता उपाध्यायले भने, “यातायातका साधन र बजार ठप्प भएपछि पेट्रोलियम पदार्थको माग घट्नु स्वाभाविक हो तर कतिले घट्यो भन्ने कुरा हामी एक हप्तामा निकाल्छौँ । अहिले निषेधाज्ञामा हामीले हाम्रो सेवा स्थगित गरेका छैनौँ, पेट्रोलियम पदार्थको सहज आपूर्ति छ ।”
उनका अनुसार निगमले भारतबाट सहज आपूर्ति गरिरहेको छ भने नेपालको आन्तरिक बजारमा पनि सहज आपूर्ति गरिरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर डिपोहरू सञ्चालन गरिरहेको छ ।
कर्मचारीलाई वैकल्पिक रूपमा काममा लगाइएको छ । निगमका सबै कारोवार खुला रहेको उपाध्यायले जानकारी दिए । पेट्रोलपम्प पनि खुला राखिएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *