युनाइटेड फाइनान्सलाई आफनो मातहतमा ल्यायो नविल बैंकले
नविल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने भएको छ ।बैंक र फाइनान्सबीच प्राप्ती सम्बन्धि सम्झौतामा शुक्रबार हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट मर्जर संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर समितिका संयोजक मनिष खेम्काले हस्ताक्षर गरेका छन् ।
सेयर स्वाप रेसियो १००ः३५ हुने गरी सहमति भएको छ । नविल बैंकको प्रति सेयर मूल्य १ हजार २७० र युनाइटेड फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ४२३ छ । नविलसँग गाभिएपछि युनाइडेटको १०० कित्ता सेयर नबिलको ३५ कित्ता हुनेछ ।