आईपीएल : हैदरावादविरुद्ध चेन्नईको ७ विकेटको जित


इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधवार भएको खेलमा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरावादमाथि जित निकालेको छ। दिल्लीको अरुण जैट्ले स्टेडियममा सम्पन्न खेलमा चेन्नईले हैदरावादमाथि ७ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ६१ रन बनाउँदा कप्तान डेभिड वार्नरले ५७ रन बनाए। त्यस्तै, केन विलियमसनले २७ र केदार जादवले १२ रन जोडे। चेन्नईका लागि लुंगी एनगिडीले २ र साम करनले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नईका लागि रुतुराज गाइक्वाडले सर्वाधिक ७५ रन बनाउँदा फाफ डु प्लेसिसले ५६ रन जोडे। त्यस्तै, सुरेश रैनाले १७ र मोइन अलीले १५ रन बनाए। हैदरावादका रासिद खानले ३ विकेट लिए।

६ खेल खेलेको चेन्नई पाँच खेलमा जित निकाल्दै १० अंक सहित अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। समान खेल खेलेको हैदरावाद पाँच खेलमा हार व्यहोर्दै तालिकाको पुछारमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *