देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय


काठमाडौं । मन्त्रिपरिषद् बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको दोस्रो प्रकोप भयावह बन्दै गएपछि मन्त्रिपरिषद् बैठकले अनिश्चितकालसम्म विद्यालय बन्द राख्ने, सबै तहका परीक्षा रोक्ने र पठनपाठन भर्चुअल विधिबाट गर्न निर्देशन दिने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले २०० संक्रमित नाघेका पहाडी जिल्लाहरूमा निषेधाज्ञा जारी गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसीलाई) अधिकार दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ५०० संक्रमित नाघेका सहरी जिल्लाहरूमा निषेधाज्ञा जारी गर्ने विषयमा आवश्यक निर्णय लिन डीसीसीएमसीलाई अधिकार दिइएको उनको भनाइ छ ।

मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रि सीमा नाकमा कडाइ गर्ने, स्वदेश आएका नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने, विदेशी नागरिकको हकमा होटलमा क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय भएको उनको भनाइ छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान व्यवस्थित गर्ने पनि निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *