नेपालमा १९ प्रतिशत बालबालिकाहरु इन्टरनेटको पहुँच बाहिर
नेपालमा १९ प्रतिशत बालबालिकाहरु इन्टरनेटको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कोरोना महामारीले नेपालको शिक्षामा पारेको असरसम्बन्धी लू निभाः बाल सरोकार समुह र अक्सफोर्ड विश्व विद्यालयको संयुक्त सहकार्यमा गरिएको अनुसन्धानले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
शुक्रबार शिक्षा मन्त्रालयका सहसचिव डा। हरि प्रसाद लम्सालको अध्यक्षतामा बसेको भर्चुअल कार्यक्रममा अक्सफोर्ड विश्व विद्यालयकी अनुशन्धानकर्ता डा।उमा प्रधानले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा बन्दाबन्दीको समयमा ७४ प्रतिशत विद्यार्थीले मोबाइल, १४ प्रतिशतले टेलिभिजन, ६ प्रतिशतले गुगल, २६ प्रतिशतले युट्युब र अध्ययन अध्यापनका लागि रेडियोको प्रयोगनै नगरेको देखाएको छ ।
प्रतिवेदन सार्वजनिक भएपश्चात शिक्षा मन्त्रालयका सहसचिव डा। हरि प्रसाद लम्सालले कोभिड महामारी पश्चात नेपालको शिक्षामा परेको प्रभावलाई न्यूनिकरण गर्न मन्त्रालयको तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने र स्थानिय निकायलाई समेत विद्यालय शिक्षा सुधारको लागि निर्देशन दिने प्रतिवद्धता जनाए । साथै नेपालको शिक्षामा कोभिडले पारेको असरको विषयका सार्वजनिक भएको प्रतिवेदन निकै सान्दर्भिक रहेको र भविषयमा यस प्रतिवेदनले नेपालको शिक्षा नीति बनाउन सहयोग गर्ने अपेक्षा समेत रहेको उनको भनाई थियो ।