नेपाल बैंकले बैशाख २२ देखि ऋणपत्र निष्काशन गर्ने, यस्तो छ ब्याज
नेपाल बैंकले बैशाख २२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब ५० करोड बराबरको ९प्रति कित्ता १ हजार अंकित दरका० ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ ।
जस मध्ये १४ लाख कित्ता सर्बसाधारणलाई र बाँकि २१ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १४ लाख कित्ता मध्ये १५ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफांड गरिएको छ ।
ऋणपत्र निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा बैशाख २६ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम ३ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।
मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।