​समता लघुवित्तको नाफा ९५.०३ प्रतिशत बढ्यो


काठमाडौं । समता लघुवित्त संस्थाको तेस्रो त्रैमाससम्ममा नाफा बढाएको छ । शनिबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा समाताले ६ करोड ६० लाख खुद नाफा कमाएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५.०३ प्रतिशत बढी हो।

लघुवित्तको खुद ब्याज आम्दानी ६१.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५०३ प्रतिशत बढेको छ। खुद नाफासँगै लघुवित्तको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७६ पैसा रहेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७.२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७६ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *