महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गर्ने कांग्रेसको निर्णय
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समितिले पार्टी महाधिवेशनको आन्तरिक कार्यतालिकामा केही हेरफेर गर्ने निर्णय गरेको छ ।
हिजो अबेर बसेको केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता वितरणको काम बैशाख १५ गतेसम्म सक्ने गरी कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको छ । त्यस्तै अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका क्रियाशील सदस्यहरुले बैशाख १२ गते फर्म लिएर ३० गते विवरण बुझाउन समय दिने निर्णय समेत गरेको छ ।
यसैगरी बैठकले क्रियाशील सदस्यहरुको सबै विवरण आफ्नो वेवसाइटमा राख्ने निर्णय गरेको छ ।हिजोको बैठकमा अन्य राजनीतिक विषयमा कुनै छलफल नभएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।