राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य


काठमाडौं।सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ६ गते (आज) दिउँसो १ बजेदेखि संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिशबमोजिम अधिवेशन अन्त्य गरिएको पत्र राष्ट्रपति कार्यालयबाट संघीय संसद् सचिवालयलाई पठाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटालाई सम्बोधन गरेर राष्ट्रपति भण्डारीले पठाएको पत्रमा भनिएको छ– नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/१/६ को सिफारिशमा प्रतिनिधि सभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमवारका दिन अपराह्न १ बजेदेखि अन्त्य गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *