सरकार सकेसम्म लकडाउनमा जान चाहेको छैन् : केपी शर्मा ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको बताएका छन्। नयाँ वर्ष २०७८ को अवसरमा आज सिंहदरवारबाट देशवासीलाई शुभकामना दिँदै ओलीले यस्तो बताएका हुन्।

कोभिड-१९ ले ल्याएको विषम परिस्थितिमा सरकारले दिएको सही सूचना पालना गर्न ओलीले सबैको ध्यानाकर्षणसमेत गराए। आजै लकडाउन हुन्छ। भरे नै लकडाउन हुन्छ भन्नेसम्का काम भए ओलीले भने, सरकार सकेसम्म लकडाउनमा जान चाहदैन।

तर युरोपका केही देशहरु लकडाउनमा गएको उदाहरण दिँदै ओलीले यस्तो परिस्थिति आउन नदिन सबै नागरिक सचेत हुनुपर्ने बताए। तर युरोपजस्ता देशहरु महामारी ह्वात्तै बढ्दा लकडाउनमा जान बाध्य भएका छन्। हामी परिस्थितिलाई बिग्रन नदिउँ। हामी सतर्क बनेर अगाडि जाने र त्यस्तो परिस्थिति आउन नदिउँ, ओलीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *