बाफ्टा फिल्म अवार्ड २०२१ मा चलचित्र नोम्याडल्यान्डको वर्चस्व
लण्डन । बाफ्टा (ब्रिटिस एकेडेमी फिल्म अवार्ड) २०२१ मा चलचित्र ‘नोम्याडल्यान्ड’ को वर्चस्व देखिएको छ । यस चलचित्रले ‘उत्कृष्ट चलचित्र’ सहित चार विधामा अवार्ड जितेको छ । चलचित्र ‘नोम्याडल्यान्ड’ ले छायांकार, निर्देशक र मुख्य अभिनेत्रीको उपाधि पनि जितेको छ ।
त्यस्तै चलचित्र ‘मिनारी’ बाट अभिनेत्री यु यंग यानले ‘उत्कृष्ट सर्पोटिङ’ अभिनेत्रीको अवार्ड जितेकी छन् । अवार्ड पाएपछि अभिनेत्रीले दिएको रामाइलो स्पिचले ट्विटर प्रयोगकर्तालाई आकर्षित गरेको छ । उनी भन्छिन्, “हरेक पुरस्कार अर्थपूर्ण हुन्छ, तर यो अझै विशेष छ किनभने यो अहंकारीको रूपमा चिनिने ब्रिटिसहरूले दिएको हो ।” उनले यसो भनिरहँदा सबैजना हाँसिरहेका थिए । निर्देशक रेमी विक्सको ‘हिज हाउस’ले ‘उत्कृष्ट डेब्यू चलचित्र’ को अवार्ड पाएको छ । यस्तै एमरेल्ड फेनेलको ‘मी टु’ ड्रामा ‘प्रमिसिङ योन वुमन’ उत्कृष्ट ब्रिटिस फिल्म घोषित भएको छ । वृत्तचित्र श्रेणीमा भने ‘माय अक्टोपस टीचर’ ले भने बाफ्टा पुरस्कार आफ्नो नाममा पार्यो ।
चलचित्र ‘सोल’ ले एनिमेटेड फिल्म र ओरिजिनल स्कोर विधामा पुरस्कार पायो । उत्कृष्ट अनुभवी अभिनेताको पुरस्कार भारतका आदर्श गौरवले द ह्वाइट टाइगर’ बाट र एन्थनी हपकिन्सले ‘द फादर’ बाट जितेका छन् ।