उद्घाटनकै हतारो,निर्माण सम्पन्न नहुँदै वैशाख ११ गते धरहरा उद्घाटन
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल ९टिआई० नेपालले आज राजधानीमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमको समापनमा उनले भूकम्प सङ्ग्रहालय लगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने जानकारी दिएका हुन् ।
भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।धरहरा उद्घाटन वैशाख ११ गते हुने भएपनि धरहराको सबै काम सकिन केही समय लाग्ने बताइन्छ तर यहां त उद्घाटनकै हतारो छ ।