रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढायो


ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । जनता समाजवादी पार्टीले निवेदन दिएपछि सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो ।कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैद ठहर गरेको थियो ।
उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो । चौधरी २०७४ फागुन १४ देखि अनुसन्धानका लागि थुनामा छन् । अदालतको फैसला अनुसार चौधरी २०९४ फागुन १३ सम्म थुनामा रहनुपर्छ ।ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । जनता समाजवादी पार्टीले निवेदन दिएपछि सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो ।

कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैद ठहर गरेको थियो । उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो । चौधरी २०७४ फागुन १४ देखि अनुसन्धानका लागि थुनामा छन् । अदालतको फैसला अनुसार चौधरी २०९४ फागुन १३ सम्म थुनामा रहनुपर्छ ।

जिल्ला अदालतको आदेशविरुद्ध चौधरीले उच्च अदालत दिपायलमा आफू छुट्न पाउनुपर्ने दाबीसहित निवेदन दर्ता गरेका थिए । उच्च अदालतले जिल्ला अदालत कैलालीकै निर्णय सदर गर्दै उनलाई थुनामुक्त गर्न नमिल्ने आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *