काँग्रेस पदाधिकारी बैठक बस्दै,केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्ने


काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दैछ।१४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्ने पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ । क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम कारबाही, निर्वाचन समितिको नेतृत्व चयनका विषयमा शीर्ष नेताबीच छलफल हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *