विधिको पालना र छलफलले मात्र पार्टीभित्रको राजनीतिक समस्याको समाधान


पर्सा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने बताएका छन् । उनले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे ।

प्रेस सङ्गठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सङ्गठनको विधानअनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताए । उनले विगतका तीता अनुभवलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरु तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत रहेको आरोप लगाए । एकले अर्कालाई निषेध गर्ने प्रवृत्तिले कहीँ नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनुपर्ने नेता नेपालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *