प्रधानमन्त्रीलाई गगनको कटाक्ष,धारा खोलेर, बाल्टिन थापेर, उठेर, बसेर उद्घाटन मात्रै


काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलाई भएकोमा माफी माग्नुपर्नेमा प्रधानमन्त्री केपी ओलीले उल्टै उद्घाटनको तमासा गरेको बताएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले केपी ओली प्रधानमन्त्री भएको ५७ दिनमा मेलम्ची खानेपानी आयोजनाको टनेलको सुरुङ छिचोलिएर उपराष्ट्रपतिले उद्घाटन गरेको स्मरण गराउँदै त्यतिबेला प्रधानमन्त्री ओलीले २०७५ सालको असोजसम्म मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने दावी गरेको उल्लेख गरे । उनले भने– ‘प्रधानमन्त्रीले भनेको त्यो समयभन्दा पनि पछि पानी आउन साढे २ बर्ष लाग्यो ।
किन? प्रधानमन्त्री र मन्त्रीको कुरा मिलेन, ठेकेदार र मन्त्रीको मोलमोलाई मिलेन । साढे २ वर्ष लाग्यो डेढ अर्ब अनावश्यक खर्च भयो । ५७ दिनमै चमत्कार भएको थिएन पहिलेदेखि नै काम भएको थियो । त्यो ९ महिना त आयोजनाको सिन्को समेत भाँचिएन । अहिले यत्रो फूर्ति रु’काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलाई भएकोमा माफी माग्नुपर्नेमा प्रधानमन्त्री केपी ओलीले उल्टै उद्घाटनको तमासा गरेको बताएका छन् ।
बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले केपी ओली प्रधानमन्त्री भएको ५७ दिनमा मेलम्ची खानेपानी आयोजनाको टनेलको सुरुङ छिचोलिएर उपराष्ट्रपतिले उद्घाटन गरेको स्मरण गराउँदै त्यतिबेला प्रधानमन्त्री ओलीले २०७५ सालको असोजसम्म मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने दावी गरेको उल्लेख गरे । उनले भने– ‘प्रधानमन्त्रीले भनेको त्यो समयभन्दा पनि पछि पानी आउन साढे २ बर्ष लाग्यो । किन रु प्रधानमन्त्री र मन्त्रीको कुरा मिलेन, ठेकेदार र मन्त्रीको मोलमोलाई मिलेन । साढे २ वर्ष लाग्यो डेढ अर्ब अनावश्यक खर्च भयो । ५७ दिनमै चमत्कार भएको थिएन पहिलेदेखि नै काम भएको थियो । त्यो ९ महिना त आयोजनाको सिन्को समेत भाँचिएन । अहिले यत्रो फूर्ति ?’

उनले २०५५ सालमा मेलम्ची विकास समिति बनेपछि पनि २३ बर्ष लागेको बताउँदै उनले यो बीचमा सबै दल सरकारमा बसेको उल्लेख गरे । उनले सात आठ वर्षमा बन्नुपर्ने आयोजना २३ वर्षमा बन्दा अरबौं रुपैयाँ भार पर्दा माफी माग्नुपर्ने हैन भन्दै प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *