पार्टी कहिलै पनि संकटमा थिएन्, सार्वजनिक अफवाह नगरौं : शेर बहादुर देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताएका छन्।
नविन्द्रराज जोशीको निधन भएको १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा उनले नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दै पार्टी कहिलै पनि संकटमा नरहेको बताएका हुन्। उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गरे।
ुयहाँ दोहोरी खेल्ने कुरा छैन। नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन। भोली पनि रहदैन। नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ।