निजामती प्रशासन ‘झिङ्गे टसाइ’ सोचबाट मुक्त हुन सकेको छैन् : उपप्रधानमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन ‘झिङ्गे टसाइ’ सोचबाट मुक्त हुन नसकेको बताएका छन् ।
बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विविध पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टसाई सोच प्रमुख समस्याको रूपमा रहेको बताए ।
उनले समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि टिप्पणी समेत गरे । त्यसैले निजामती प्रशसनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको उनको भनाइ छ ।
“अहिले निजामती प्रशासन भित्र रहेको प्रमुख समस्या हो । सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म (माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु) झिङ्गे टसाइ सोचबाट मुक्त हुन सकेको छैन,।”