निर्वाचन कार्यक्रममा उत्साहपूर्व सहभागी हुन महासंघका पूर्व अध्यक्षहरुको आह्वान


काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार हुने २६ औं महाधिवेशनको निर्वाचन कार्यक्रममा उत्साहपूर्व सहभागी हुन महासंघका पूर्व अध्यक्ष (पूर्व सभापति)हरुले आह्वान गरेका छन् । मंगलबार महासंघका पूर्व अध्यक्ष एवम् पूर्वसभापतिहरू हरिहर विरही, किशोर नेपाल, डा.सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र धर्मेन्द्र झाले संयुक्त विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् ।
उनीहरुले यो पटकको निर्वाचनको ऐतिहासिक महत्व रहेको बताउँदै महासंघका सम्पूर्ण सदस्यहरुलाई निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आह्वान गरेका छन् ।
पूर्व अध्यक्षहरुले महासंघको सबै तहको निर्वाचनमा स्वस्थ र मर्यादित रुपमा प्रतिस्पर्धामा उत्रिएका पत्रकारहरुलाई शुभकामना दिँदै अविच्छिन्न ऐतिहासिक गरिमाको रक्षा गर्न र प्रेस स्वतन्त्रतालाई व्यवहारमा नै सफल र सार्थक बनाउनु यतिबेलाको प्रमुख दायित्व रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *