कोरोना समय,नमस्कार र संस्कारको संयोजन


नमस्कार अथवा नमस्ते अभिवादन गर्ने एक प्रचलन हो। कुनै व्यक्तिसँग भेट हुँदा होस् वा विदाई गर्दा नमस्कार प्रयोग हुन्छ।

‘नमस्कार’ एक संस्कृत शब्द हो जुन संस्कृत को ‘नमः’ शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु।
तर पछिल्लो समय नेपालमा पनि पश्चिमा संस्कृति भित्रिएको छ। नमस्कारको साटो हात मिलाउने, अंगालो हाल्ने गरिएको पाइन्छ।

तर, पछिल्लो पटक कोरोना भाइरसको संक्रमणका कारण विश्वका अन्य मुलुकमा पनि हात मिलाउन छाडेर नमस्कार गर्न थालेका छन्।नमस्कार गर्दाका फाइदा यस्ता छन्

निरन्तर नमस्कारको अभ्यास गर्दा मनमा शान्ति छाउँछ।

नमस्कारले शरीरलाई हल्का खुशी र कोमल बनाउँछ।

नमस्कारले आलस्यपन हटाउन सहयोग गर्छ ।

राम्रो भावना र राम्रो तरिकाले नमस्कार गर्दा मनमा स्वच्छ भावनाको विकास हुन्छ।

सकारात्मक सोचको विकास हुन्छ।

नमस्कारले तपाईँप्रतिको राम्रो भावनाको विकास गर्दछ।

नमस्कार गर्दा व्यक्तिप्रति नम्रता बढ्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *