ओलीले बालुवाटारमा गुटको भेला गरेर गुण्डाहरूलाई पार्टीमा भर्ती गरे : झलनाथ खनाल


काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गुट भेला गरेर ‘गुण्डाहरूलाई पार्टीमा भर्ती’ गरेको आरोप लगाएका छन्।

आइतबार काठमाडौं जिल्लास्तरीय भेलामा सम्बोधन गर्दै उनले ओलीको गुटबन्दीकै कारण पार्टी यो अवस्थामा पुगेको दाबी गरे ।‘ओलीले बालुवाटारमा गुटको भेला गरेर गुण्डाहरूलाई पार्टीमा भर्ती गर्न थाले, पुँजीपतिलाई केन्द्रीय सदस्य वितरण गरे,’ उनले भने, ‘नयाँ ढंगले अगाडि जान खोज्दा ओलीले आलटाल मात्र गरिरहे ।’

सम्बोधनकै क्रममा उनले ओलीले दुईतिहाइ बहुमत सहन नसकेको समेत आरोप लगाए । उनले दक्षिणपन्थी अवसरवादीको कारणले पार्टीभित्र समस्या भएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *