हकप्रद निष्काशन प्रस्ताव सहित आईएमई इन्स्योरेन्सको साधारणसभा आह्वान


आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ७ प्रतिशत बोनस सेयरपछि ४० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
साथै, बैठकले २३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको उक्त सभा बैशाख १२ गते केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान १० बजे सभा सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७६र७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु पारित गर्नेछ भने चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको गरी निजको पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरुमाथि छलफल गरी पारित गर्नेछ ।

सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको छ बोनस र ४० प्रतिशत हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६२ करोड पुग्ने छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरि कूल ७।३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *