हिमालपारिको गाउँ लिमीेमा खाद्यान्न समस्या,गांउलेहरु सदरमुकाममा
हुम्लाको हिमालपारिको गाउँ लिमीको एक टोली खाद्यान्न समस्या हुने देखिएपछि सदरमुकाम सिमकोट आइपुगेको छ ।
लिमीका तीनवटा गाउँका बासिन्दाको सामूहिक निर्णयबाट वडाध्यक्षको नेतृत्वमा २५ जनाको टोली सदरमुकाम आइपुगेको हो ।लिमी तिल गाउँका ठिल्ने तामाङले पाँच हजार मिटर उचाइमा रहेको न्यालु लेकको हिउँ छिचोल्दै लिमीवासीको टोली सदरमुकाम आइपुगेको बताए ।
उनले खेतीयोग्य जमिन कम भएका कारण उत्पादन कम हुने र चीनको ताक्लाकोटबाट यो वर्ष खाद्य सामग्री नआएपछि गाउँमा खाद्यान्न समस्या देखिन थालेको बताए ।
वर्षभरि चाहिने खाद्यान्न गाउँमा उत्पादन नहुने भएकाले लिमीवासी एक वर्षलाई पुग्ने खाद्यान्न चीनतिरबाट ल्याएर राख्ने गर्थे । विगतमा असोजतिरै चीनतर्फबाट गाउँमा खाद्यान्न आउने गथ्र्यो ।
यसपटक कोरोना महामारीले गर्दा नाका बन्द भएकाले लिमीमा खाद्यान्न समस्या सुरु भएको छ । १४७ घरधुरी रहेको लिमीको तीनवटै गाउँको जनसङ्ख्या एक हजार दुई सय छ ।वडाध्यक्ष पाल्जोर तामाङले खाना नपाएर भोकै बस्नु नपरोस् भन्नका लागि गाउँको टोली आएर आफ्ना समस्या प्रमुख जिल्ला अधिकारीमार्फत सरकारसमक्ष पुरयाउने बताए ।