नेपाली कांग्रेसले माग्यो प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा


काठमाडौँ। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।उनले भने,‘केन्द्रीय समितिको बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकारको राजीनामा माग्ने निर्णय केन्द्रीय समिति बैठकबाट गरेको छ ।’

उनले सरकारले राजीनामा दिएपछिको अवस्थामा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको समेत जानकारी दिए ।

उनले भने,‘ओली सरकारले राजीनामा दिएपछिको अवस्थामा हाम्रो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय समेत गरेका छौं ।’अब कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । प्रतिनिधिसभाको बैठक आगामी २३ गतेका लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *