‘ॐ शनीदेवाय नमः’ मन्त्र र शनीदेवको आराधना
शनी देवताको प्रकोपबाट सबै डराउने गर्दैछन् । तर शनीका केही उपाय गरेमा शनीसंग डराउनु पर्दैन । शनीको आराधना गर्दा चार मुख भएको दियोमा सरस्युको तेलमा दियो बालेमा यसबाट शनी देव प्रसन्न हुने र सबै संकटबाट बचाउने मान्यता छ ।
शनीलाई प्रसन्न पार्न साँझमा पीपलको रुख मुनी पूजा गर्दै हुनुहुन्छ । यसो गरेमा मानिसको भाग्य बदलिने मान्यता छ । साथै शनीको उपासनाबाट महालक्ष्मीको समेत कृपा पाउने धार्मिक मान्यता छ ।
तसर्थ शनीदेवको पूजा गरे शनी ग्रहको कृदिष्टबाट बच्न सकिन्छ ।शनीको रङ कालो हुन्छ, त्यसकारण कालो बस्त्र ग्रहण गर्नु शुभ मानिन्छ । साथै कालो कपडा र तिलको दान गर्दा शुभ मानिन्छ । शनीदेवलाई प्रसन्न गर्न ‘ॐ शनीदेवाय नमः’ मन्त्रको जाप गर्नु पर्दछ ।