द्रुतमार्ग ठेक्काको दोस्रो प्याकेज रद्द गर्न लेखा समितिको निर्देशन


प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिले काठमाडौं-तराई मधेस द्रुतमार्ग सुरुङ तथा पुल निर्माणका लागि गरिएका ठेक्कामध्ये दोस्रो प्याकेज रोक्न नेपाली सेनालाई निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले दोस्रो प्याकेजको ‘प्रि–क्वालिफिकेसन’ प्रक्रिया रद्द गर्न नेपाली सेनालाई निर्देशन दिएको हो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण जारी द्रुतमार्ग दोस्रो प्याकेज ठेक्कामा अनियमितता भएको गुनासोपछि समितिले छानबिन गर्दै आएको छ ।समितिले बिहीबार द्रुतमार्गबारे उठिरहेका विषयमा रक्षा मन्त्रालय र नेपाली सेनालाई छलफलका लागि बोलाएको थियो । सेनाले द्रुतमार्गमा पुल तथा सुरुङका लागि पहिलो प्याकेजमा दुई र दोस्रोमा एउटा मात्रै निर्माण कम्पनी छानेको थियो ।

समिति सचिव डा. रोजनाथ पाण्डेले ‘प्रि–क्वालिफिकेसन’बाट छनोट पहिलो प्याकेजमा दुई र दोस्रो प्याकेजमा एउटा मात्रै कम्पनी छनोट भएको अवस्थामा प्रतिस्पर्धा हुन नसक्ने स्थिति आएकाले दोस्रो प्याकेज रद्द गरेर पुनः ‘प्रि–क्वालिफिकेसन’ प्रक्रिया सुरु गर्न निर्देशन दिइएको जानकारी दिए ।
आजको राजधानी दैनिकमा खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *