‘प्रचण्ड’को राजनीतिक सक्रियता तिव्र, देउवालाई पछि भट्टराईलाई किन भेटे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्तासमीकरणबारे स्पष्ट निर्णय दिन आग्रह गरेका छन् ।
माओवादी केन्द्रका नेतासहित देउवालाई भेट्न मंगलबार बुढानीलकण्ठ पुगेका प्रचण्डले नयाँ सरकार गठनका विषयमा ठोस निर्णय दिन आग्रह गरेका हुन् ।भेटमा सभापति देउवाले जसपासँग छलफल गरेर आफू चाँडै ठोस निष्कर्षमा पुग्ने आश्वसन दिएको जनाइएको छ ।
त्यसलगत्तै प्रचण्ड डा. बाबुराम भट्टराईलाई भेट्न पुगेका थिए ।