किन गरिन्छ खेलवाड,सम्पदा क्षेत्रका अनधिकृत व्यापारिक प्रयोजन हटाउन आलटाल
काठमाडौं । विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै काठमाडौं महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न आग्रह गरेको छ।
‘विभागलाई हामीले पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गर्यौं। तर, उहाँहरुले ढिलासुस्ती गरेपछि हामीले बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार गरिहेका व्यापार–व्यवासायीहरुलाई ती स्थान खाली गर्न आग्रहसहित माइकिङ गरेका हौं,’ ‘महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकटाले भने, ‘वारुणयन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु सञ्चालित छन्। हामीले उहाँहरुले आफै हटाउन मान्नु भएन भने हामी हाम्रो ढंगबाट अघि बढ्छौं।’
सम्पदा बचाउने सबैभन्दा जिम्मेवार निकाय पुरातत्व रहेको र विश्व सम्पदा सूचिमा सूचिकृत स्थानमै पुरातत्वले सम्पदा मासेर आम्दानी गर्न थाल्दा अन्त पनि काम गर्न कठिन हुने भन्दै मेयरको निर्देशन अनुसार प्रक्रिया अघि बढाएको सापकाटोको भनाइ छ।