वादविवाद, आफू समान वा आफूभन्दा सिनियरसँग मात्र
पूर्वमन्त्री एवम् नेकपा एमाले (खनाल-नेपाल) पक्षका नेता योगेश भट्टराईले वादविवाद पनि आफू समान वा आफूभन्दा सिनियरसँग हुने टिप्पणी गरेका छन् ।
शनिवार राति ट्वीट गर्दै उनले बेकारकासँग त समयको बर्बाद र दिमाग खराब बनाउनुमात्रै भएको बताए ।भट्टराईको केही दिन अघिको ट्वीटमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शनिवार बिहान प्रतिक्रिया दिँदै भट्टराईलाई प्रश्न गरेका थिए ।