संसारका कुनै पनि कुनामा तानाशाही स्वीकार्य छैन
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले म्यानमारमा भइरहेको नरसंहार विरुद्ध मानवता र लोकतन्त्र पक्षधर सबैलाई बोल्न आग्रह गरेका छन् ।
आइतवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले संसारका कुनै पनि कुनामा फौजी र गैर फौजी तानाशाही स्वीकार्य नभएको समेत बताएका छन् ।उनले अरुलाई खाने बाघले हामीलाई पनि खान सक्ने भन्दै सबै यसको विरुद्धमा र लोकतन्त्रको पक्षमा बोल्नुपर्ने बताएका छन् ।