वास्तुशास्त्र अनुसार घरमा भान्साको महत्व
वास्तुशास्त्र अनुसार घरमा भान्साको महत्व अहम रहन्छ । भान्साकालागी घरको दक्षिणपूर्व दिशा अर्थात आग्नेय कोणको सर्वश्रेष्ठ मानिएको छ ।
यस दिशामा अग्नि अर्थात ऊर्जाको वास हुने गर्दछ । यस दिशाका स्वामी ग्रह शुक्र हुन् । यस्तोमा सही दिशामा नहुँदा भान्सामा लामो समय बिताउने मानिसमा नकारात्मक असर पर्दछ । तसर्थ वास्तु अनुसार भूलेर पनि दक्षिण पश्चिम दिशामा भान्सा बनाउनु हुदैँन ।दक्षिण पश्चिम दिशामा भान्सा हुनु ठुलो वास्तु दोष मानिन्छ ।
यस्तोमा घरमा अनावश्यक खर्च बढ्ने गर्दछ । वास्तु अनुसार यस दिशामा भान्सा हुदाँ घरका सदस्यहरुमा समस्या आउन सक्छ ।
किचनमा ग्यास वा चुल्हो राख्ने स्ल्याब पूर्व तथा उत्तर दिशातर्फ हुनु पर्दछ । जसका कारण खाना बनाउनेको मुख उत्तर वा पूर्व हुने गर्दछ ।भान्सामा फ्रिज हमेशा उत्तर पश्चिम दिशामा हुनु पर्दछ ।