कोरोना संक्रमण बढेपछि जर्मनीमा लम्बियो लकडाउन


जर्मनीमा कोरोना भाइरस संक्रमण दर बढेपछि लकडाउन अवधि लम्ब्याइएको छ। संक्रमणको तेस्रो वेभ सुरु भएपछि त्यहाँ तीन साताका लागि लकडाउन थपिएको हो। अप्रिल ४ अर्थात् एस्टरमा हुने भिडभाड नियन्त्रणका लागि कडाइ गरिएको बीबीसीमा उल्लेख छ।

क्षेत्रीय नेताहरूसँगको सल्लाहमा चान्सलर एन्जेला मर्केलले जारी निर्देशन अप्रिल १८ सम्म लागु हुने बताइन्। विशेषगरी अप्रिल १ देखि ५ सम्म पसलहरू ठप्प रहनेछन् र मानिसको जमघट सीमित गरिनेछ।

एन्जेलाले जर्मनी हाल ुएकदम गम्भीरु स्थितिमा रहेको बताएकी छिन्। ुसंक्रमितहरूको संख्या बढेको छ र आइसियुका शय्याहरू फेरि भरिन थालेका छन्, उनले मंगलवार भएको पत्रकार सम्मेलनमा भनिन्।

युरोपमा कोरोना भाइरस संक्रमण दर बढ्दो छ। जर्मनीमा मात्र पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ८५ जनामा संक्रमण पुष्टि भयो। त्यस्तै २ सय ५० संक्रमितको मृत्यु भएको छ। पोल्यान्डमा उक्त दर तीन गुणा बढी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *