ओलीमा कम्युनिष्ट संस्कार नै छैन : माधवकुमार नेपाल


नेकपा (एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट संस्कार नै नभएको आरोप लगाएका छन्।

आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको भेला प्रज्ञा प्रतिष्ठानमा भइरहेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीले कम्युनिष्ट आन्दोलनलाई बिर्सजन गर्ने प्रयास गरिरहेको बताएका हुन्।

ओली आफूलाई बा भन्न रुचाउछन्, कमरेड भन्दैनन्। उनमा कम्युनिष्ट संस्कार नै छैन।ु

ओली सुरुदेखि गुटबन्दीमा लागेको भन्दै नेपालले आफूसहित एमालेका पुराना नेताहरुलाई केपीको आन्द्रभुँडी सबै थाहा भएको बताए।

ओली व्यक्तवादी भएको आरोप लगाउँदै उनले आफूहरु ओली प्रवृत्तिविरुद्ध लडिरहेको नेपालले बताए। नेपालले ओलीको व्यक्तिवादी चिन्तनलाई बहिस्कार गर्दै अघि हिँड्न कार्यकर्तालाई आह्वान गर्दै आफ्नो समूह सामूहिकवादी प्रवृत्ति र सबैलाई मिलाउने दिशातर्फ उन्मुख हुनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *