माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण पत्र
प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित ४ जना नेतालाई स्पष्टिकरण सोधिएको पत्र बुझाएको छ।
महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टिकरणको पत्र पार्टी कार्यालय धुम्बाराहीका कर्मचारीले स्वकीय सचिवहरु मार्फत् वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरु , भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पत्र बुझाएका हुन्।
पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले ३ दिनभित्र जवाफ पेश गर्न पत्र पठाइएको जानकारी दिए। तीन दिनको समय दिएर पत्र स्वकीय सचिवलाई बुझाएका छौं, रिजालले भने।
ओली समूहको ७ गतेको केन्द्रीय कमिटीको बैठकले नेपाल समूहका ४ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो। सुरुमा ४ जना नेता सहित नेत्री रामकुमारी झाक्रीलाई पनि स्पष्टिकरण सोध्ने निर्णय भए पनि ओलीले झाँक्रिलाई सोध्नु आवश्यक नभएको बताए पछि निर्णय फेरिएको थियो।