केपी शर्मा ओली र विप्लवबीच भेटवार्ता, सहमति कार्यान्वयनबारे छलफल


प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । नेकपा नेता विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा सरकारसँग भएको सहमति कार्यान्वयनका बिषयमा छलफल भएको नेता दिपक चलाउनेले जानकारी दिए । गत फागुन २० गते विप्लव समूह र सरकारबीच भएको सहमति अनुसार विप्लवले आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न ढिला भएको बताएका चलाउनेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *