भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम पार्ने भो : डा.बाबुराम भट्टराई


जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुन भष्मासुरसँग तुलना गरेका छन्। सोमवार बिहान सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ओलीलाई हटाउन नयाँ रणनीति आवश्यक रहेकोसमेत बताएका छन्।

उनले प्रधानमन्त्री ओलीले अनेकन छल गरेर सबैलाई त्राहिमाम पार्ने उल्लेख गर्दै नयाँ रणनीतिको खोजी गरेका हुन्। मिथकहरूबाट प्रेरणा लिने हो हुबहु उही दोहोर्‍याउने हैन! भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले)वरदान फिर्ता लिनुसट्टा अर्काले (बिष्णुले)छल गरेर वध गरेका थिए भन्दैमा अहिले कलीयुगमा पनि त्यही दोहोर्‍याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम पार्ने भो, बाबुरामले भनेका छन्, नयॅा रणनीति चाहियो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *