केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेको छैन् : वामदेव गौतम
नेकपा एमालेका नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगरेको बताएका छन् ।
उनका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार गौतमले फागुन २८ गते बसेको केन्द्रीय कमिटी नभएको हुँदा त्यसले गरेका निर्णय फिर्ता लिनैपर्ने बताएका थिए ।
“केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ,” उनले भने, “त्यसलाई समूह भन्न मिल्दैन । तर उहाँको कार्यशैली गलत छ । उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन । गर्ने पनि छैन । म पार्टी एकता राष्ट्रिय अभियानमा छु । उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहनेछ ।”