प्रतिनिधिसभा पुनःस्थापित भएपछि नैतिकता देखाउनुपर्छ कि पर्दैन ? : नेपाली कांग्रेस


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको नैतिकतामा प्रश्न उठाएको छ । प्रतिनिधसिभाको शुक्रबारको बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित भएपछि नैतिकता देखाउनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न उठाएका हुन् ।

“सरकारले असंबैधानिक रुपमा विघटन गरेको प्रतिनिधिसभा सर्बोच्चबाट पुनस्थापित भएको छ । यसको कांग्रेसले असंबैधानिक र अलोकतान्त्रि भन्दै वडातहसम्म पुगेर देशव्यापी विरोध गरेका थियो,” खाँणले भने, “सर्बोच्चको संबैधानिक इजलासबाट असंबैधानिक कदम खरेज गर्दै प्रतिनिधिसभा पुनस्थापित भएको छ । तर, सरकारले आफ्नो गलत कदलमको नैतिक जिम्मा लिनुपर्छकी पर्दैन ? असंबैधानिक कदम भनेर न्यायापालिकाले भनिसकेपछि विधिको शासन मान्छौ, संविधानवाद मान्छौ भनेर नैतिक उत्तरदायित्व लिनु पर्छ कि पर्दैैन ?” उनले प्रधानमन्त्रीले नैतिकताका आधारमा मार्ग प्रसस्त गरिदिनुपर्छ कि पर्दैन ? यो कुरा पनि सदने विचार गरोस् भन्दै प्रस्ताव राखेका थिए ।
“यो प्रश्न प्रधानमन्त्रीसँगै कार्यपालिकाका सदस्यहरुका लागि पनि हो । नैतिकताका मूल्य हुन्छ कि हुँदैन ?,” खाँडले परराष्ट्रमन्त्री ज्ञवालीतर्फ हेर्दै प्रश्न गरे ।
उनले वर्तमान सरका बनेदेखि नै संविधान र लोकतन्त्रमाथि प्रहार सुरु गरेको भन्दै अव सरकारसँग सत्तामा बसिरहने नैतिकता समाप्त भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *