नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस भएनन्


नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस नभएको टिप्पणी गरेका छन् ।

उनले उपनिर्वाचनमा नेकपाबाट आएका जनप्रतिनिधिलाई जनप्रतिनिधि नै मान्न नसकिने पनि बताए ।नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकी प्रदेशको शुक्रवार दोश्रो अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले सो कुरा बताएका हुन् ।

हिजो ओली र प्रचण्डले छातीमा मुड्की बजार्दै अब ५० वर्ष चलाइन्छ भने पनि कम्युनिष्ट पार्टी मर्दा कोही नबोल्ने गरेको र मलामी जाने मानिस समेत नभएको नेता थापाले बताए । मरिसकेका पार्टीका नामबाट निर्वाचित जनप्रतिनिधिलाई अब जनप्रतिनिधि नै मान्न नसकिने पनि उनको भनाइ छ ।

‘पार्टी नै नभएपछि जनप्रतिनिधि कसरी भइन्छ ? कोही एमालेमै फर्किए, कोही माओवादीमा फर्किएका छन् । त्यसैले अब पार्टी नै मरिसकेको छ,’ थापाले भने, ‘पार्टी मरेपछि जनप्रतिनिधि रहँदैन, निर्वाचन परिणाम मान्दैनौं भन्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *