सर्वदलीय बैठकमा भनियो फेरि विघटन हुन सक्छ संसद


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।

मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा बोल्दै ओलीले चुनावमा जाने काम प्रतिगमन नभएको जिकिर गरे ।संसद र सरकार नचल्ने स्थितिमा संसारभर प्रतिनिधि सभा विघटन हुन्छन्,ओलीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, नेपालमै पनि फेरि विघटन हुन सक्छ । संविधानको धारा ८५ र धारा ७६ को उपधारा ७ ले त्यसको परिकल्पना गरेको छ ।

ओलीले बैठकमा नयाँ निर्वाचनमा जाने कुरा कसरी प्रतिगमन हुन्छ र? भनी प्रश्नसमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *