नेपालका कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला आएको छ
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले शनिबार आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालका कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेको आरोप लगाए ।सभापति देउवाले प्रजातन्त्रलाई स्थायी बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको भन्दै अब कम्युनिस्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताए ।
कम्युनिस्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए ।