ओलीको उद्देश्य कम्युनिस्ट आन्दोलन विघटन गर्नु हो : घनश्याम भूसाल
नेकपा एमालेका निर्वाचित उपमहासचिव घनश्याम भूसालले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन विघटन गर्न खोजेको तर त्यसलाई सफल हुन नदिइने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भूसालले एकतर्फी रुपमा केन्द्रीय सदस्य मनोनित गर्ने तथा महाधिवेशनको मिति तोक्ने पछिल्लो निर्णयबाट ओलीले यसलाई थप पुष्टि गरेको बताए ।‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै आउनुभएको छ ।’ भुसालले लेखेका छन्, ‘आजको घटनाबाट उहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि उहाँलाई धन्यवाद छ । तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ–कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ ।’