सनराइज क्यापिटलले आइतवारदेखि सनराइज ब्लूचिप फण्डको इकाई विक्री खुला गर्ने


काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले आइतवारदेखि सनराइज ब्लूचिप फण्डको इकाई विक्री खुला गर्ने भएको छ । यस क्यापिटलले व्यवस्थापन गर्ने यो फण्ड सञ्चालनका लागि रू १ खर्ब बराबरको १० करोड इकाई विक्री गर्न लागिएको हो ।

कुल इकाईमध्य कोष प्रबद्र्धक सन्राइज बैंकलाई १५ प्रतिशतका दरले १ करोड ५० लाख इकाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।

प्रतिइकाई मूल्य रू १० रहेको यो इकाई खरिदका लागि छिटोमा चैत ४ र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिदाँ न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोडकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । सन्राइज क्यापिटलले १० वर्षमा परिपक्क हुने गरी बन्दमुखी योजना सञ्चालन गर्न लागेको हो ।

इकाई बाँडफाँट भएको मितिले १० वर्षपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानुन बमोजिम वितरण गरिने क्यापिटलले प्रष्ट पारेको छ । यस योजनाका इकाईहरु धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई कारोार गर्न सकिने व्यवस्था पनि क्यापिटलले गर्नेछ ।

इकाई विक्री प्रबन्धकमा पनि सन्राइज क्यापिटलनै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *