सिक्लेस हाइड्रोले पनि आईपिओ निष्काशन गर्ने
सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आईपिओ निष्काशन प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले चैत्र २२ गते आइतबार पोखराको टेम्पल ट्री रिसोर्टमा सभा आव्हान गरेको हो । सभामा आईपिओ निशाक्ष्ण सहित अन्य प्रस्ताव पेश हुने छ । सभामा २०७७ असार मसान्तसम्म कायम मुनाफाबाट चुक्ता पुँजीको ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुने छ ।
त्यस्तै सभामा प्रबन्धपत्र नियमावलिमा आवश्यक संशोधन गर्ने, अध्यक्षको प्रतिवेदन पेश गर्ने, लेखापरिक्षक प्रतिवेदन पेश गर्ने, र आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।