बार्सिलोना च्याम्पियन्स लिग रेसबाट बाहिर
काठमाडौँ।स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।
अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन ९पिएसजी० सँग १-१ को बराबरी खेले पनि समग्रमा ५-२ को हारसहित बार्सिलोना बाहिरिएको हो ।घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोना ४-१ ले पराजित भएको थियो ।
बुधबार राति भएको खेलमा घरेलु टोली पिएसजीले ३०औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गरेको गोलबाट अग्रता लियो ।
३७औँ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल गरे । त्यसपछि खेलमा कुनै पनि गोल भएनन् । तर अवे मैदानमा पिएसजीले गरेको ४-१ को जित दोस्रो लेगका लागि पर्याप्त भयो ।