सुदूरपश्चिममा ‘नेम प्लेट’ द्धन्द्ध,लेखराजका नाममा भीम रावल भर्से्स कर्ण थापा


कैलाली।तत्कालीन नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक डा. भीम रावलको नेकपा एमालेमा कुनै हक नरहेको बताएका छन्।

बुधवार धनगढीमा दुई समूह बिच झडप भएपछि उनले भने, ‘भीम रावलमा अलिकति नैतिकता बचेको भए उनी प्रचण्डतिरै जानुपर्छ,’ उनले भने, ‘नेकपा एमालेमा उनको कुनै हक छैन।’

उनले ओली नेतृत्वले आधिकारिता पाइसकेको भन्दै सुदूरपश्चिम संयोजक लेखराज भट्ट नै रहेको दाबी गरे।

‘यहाँ पार्टीमा बबन्डर गर्नेको आवश्यकता छैन। पार्टीका नीति नियम मान्नेको मात्रै आवश्यकता छ। पार्टीमा बबन्डर गर्नेहरूका लागि नेकपा एमालेको ढोका सधैँका लागि बन्द भइसकेको छ,’ उनले भने।

बुधवार पार्टीको प्रदेश कार्यालयमा राखिएका नेम प्लेटबारे भएको विवादमा दुई समूहबिच कुटाकुट भएको थियो।
यसबारे नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीमबहादुर रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *